nmb bank

गृहपृष्ठ मेलम्चीको खानेपानी १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने

मेलम्चीको खानेपानी १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने

मेलम्चीको खानेपानी १२ महिना आपूर्ति हुने व्यवस्था मिलाइने

सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश खानेपानी आपूर्ति गरिने बताए ।

उनले काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रवद्र्धन मिलाइने पनि जानकारी दिए ।

‘मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथ बाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमश खानेपानी आपूर्ति गरिनेछ । काठमाडौं उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज लगायत जलाधार क्षेत्रमा रहेका स्रोतबाट पानी संकलन गरी वितरण गर्ने प्रवद्र्धन मिलाइने छ । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ’, उनले भने ।

उनले तीन तहको समन्वय र नागरिकको सहभागिता सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन गरिने बताए । एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने जानकारी दिए ।

 

प्रकाशित समय : १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु