nmb bank

गृहपृष्ठ युएईविरुद्ध खेल्ने २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा

युएईविरुद्ध खेल्ने २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा

युएईविरुद्ध खेल्ने २८ सदस्यीय प्रारम्भिक फुटबल टोली घोषणा

विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । टोलीमा पर्नेमा गोलकिपरबाट किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् ।

रक्षापंक्तिको खेलाडीमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् ।

मिडफिल्डरमा भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठ छन् ।

फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट रहेका छन् ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु