nmb bank

गृहपृष्ठ पूर्व सांसद रेग्मीको निधन

पूर्व सांसद रेग्मीको निधन

पूर्व सांसद रेग्मीको निधन

पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।

रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद भएको थियो । लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेको थियो । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । काठमाडौँमा क्यान्सरको उपचार भएका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो ।

नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु