nmb bank

गृहपृष्ठ कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ । एक नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न नदिने रणनीति कांग्रेसले अपनाएको छ ।

जारी कांग्रेस संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने छ । आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने चेतावनी कांग्रेसले दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएर सहकारीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसद अवरोध नगरिदिन आग्रह गरेका थिए ।

 

 

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु