nmb bank

गृहपृष्ठ लहानमा बम पड्काएर ६ घरमा लुटपाट

लहानमा बम पड्काएर ६ घरमा लुटपाट

लहानमा बम पड्काएर ६ घरमा लुटपाट

सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ । राति ११ बजेको समयमा लुटेराहरुले बम पड्काएर लुटपाट गरेका हुन् ।

स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको हो । लुटेराहरुले नगद तथा गरगहना लुटेका छन् ।

लुटेरालाई प्रतिकार गर्न खोज्दा योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

अन्य घाइते रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु