global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आजको मौसम देशभर आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम देशभर आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम देशभर आंशिक बदली हुने पूर्वानुमान

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी , बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भू(भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी र मधेश प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित समय : ०६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु