nmb bank

गृहपृष्ठ मधुमेहका बिरामीले कस्तो खानपान उपयुक्त ?

मधुमेहका बिरामीले कस्तो खानपान उपयुक्त ?

मधुमेहका बिरामीले कस्तो खानपान उपयुक्त ?

आधुनिक समयमा खराब जीवनशैलीका कारण अधिकांश मानिसहरु मधुमेहको समस्याबाट गुज्रिरहेका हुन्छन् । खानपानको प्रभावका कारण अधिकांश मानिसहरु मधुमेहको चपेटमा परेका हुन् । विज्ञका अनुसार मधुमेहमा खाना कम होइन कि स्वस्थ खान आवश्यक छ । कम ग्लाइसेमिक इन्डेक्सयुक्त भोजनहरु सेवन गर्न सकिन्छ ।

बदामहरु 

बदाम, ओखरजस्ता चिजहरुको सेवन मधुमेहका विरामीले सेवन गर्न सक्छन् । यसमा फाइबर, ओमेगा–फ्याट्टी एसिड, प्रोटिन तथा क्याल्सियमजस्ता पोषकतत्वहरुले भरिपूर्ण हुने गर्दछन् । यी चिजहरु ढिलो पच्ने र चिनीको मात्रालाई शरीरमा कम गर्ने गर्दछन् ।

करेलाको जुस

करेलाको जुस तितो भएपनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा एक्टिभ कम्पाउण्ड हुने गर्दछ, जसले शरीरको रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्दछ ।

दाल 

राजमा, चना, मसुरो तथा मु¨को दालहरुको सेवन गर्न सकिन्छ । यसमा फाइबर र प्रोटिनको मात्रा राम्रो हुनुका साथसाथै ग्लाइसेमिक इन्डेक्स कम हुने गर्दछ ।

फाइबरयुक्त सागसब्जी 

मधुमेहका समस्याबाट गुज्रिरहेका व्यक्तिहरुले फाइबरयुक्त सागसब्जीहरु खान आवश्यक पर्दछ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण राख्नुका साथसाथै हृदयलाई पनि स्वस्थ राख्दछ । त्यसैले पालक, ब्रोकली तथा हरियो सागसब्जीहरु सेवन गर्न सकिन्छ ।

मेथीको दाना

मेथीको दानाले कार्बोहाइड्रेटलाई नियन्त्रणमा राख्दै शरीरमा चिनीको मात्रा घटाउँदछ । मेथीका दाना रातभरी पानीमा भिजाएर बिहान खाली पेट सेवन गर्न सकिन्छ ।

आलसको बिउ

आलसको बिउमा राम्रो मात्रामा प्रोटिन, फाइबर तथा ओमेगा–३ फ्याट्टी एसिड हुन्छ, जसले सुगर नियन्त्रण गर्न मद्दत गर्दछ । साथसाथै ग्रीन टी, ओटमिल तथा जौको सेवन पनि गर्न सकिन्छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु