global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विपन्न वर्गको घरदैलोमा बीमाको लाभ बिस्तार गर्न सकृय बन्दै स्थानीय सरकार

विपन्न वर्गको घरदैलोमा बीमाको लाभ बिस्तार गर्न सकृय बन्दै स्थानीय सरकार

विपन्न वर्गको घरदैलोमा बीमाको लाभ बिस्तार गर्न सकृय बन्दै स्थानीय सरकार

जनता प्रति जिम्मेवार बन्दै देशैभरका स्थानीयपालिकाहरूले बीमाको लाभ विपन्न वर्गको घरदैलोसम्म पुर्‍याउनका लागि सकृयता देखाएका छन् । स्थानीयपालिकाहरूले निःशुल्क घर बीमा, दुर्घटना बीमा, म्यादी जीवन बीमा, स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू लागू गरेका छन् ।

पालिकाहरूले निःशुल्क बीमा गरिदिंदा विशेषगरी विपन्न तथा अति विपन्न वर्गले बीमाको सुरक्षा छाताभित्र अटाउने अवसर पाएका छन् । कर्णालीमा गत वर्ष कातिक महिनामा गएको भूकम्पबाट ज्यान गुमाएका परिवारले घर बीमा अन्तर्गत प्रत्येक मृतकको परिवारले बीमावापतको २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ती वापत प्राप्त गरे ।

प्राधिकरणले निर्वाचित जनप्रतिनिधिहरूलाइ बीमाका लागि प्रेरित गर्दा कर्णाली प्रदेश सरकारले दुर्घटना बीमा गर्नेदेखि लिएर मधेश प्रदेशमा स्थानीय पालिकाले अति विपन्न वर्गका लागि जीवन बीमा गरिदिएको छ। तनहुँको भानु नगरपालिकाले ४ सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको छ।

कर्णालीको जुम्ला जिल्ला अन्तर्गत सिञ्जा गाउँपालिका-२ ले वडाभित्रका चार सय घरधुरीको घर बीमा गरेको छ । गण्डकी प्रदेशको गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ। यसका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

यसैगरी मधेश प्रदेशको बर्दिबास नगरपालिकाले ३ वडामा बसाेबास गर्ने अति विपन्न मुसहर समुदायका कुल ३ सय ५३ जनाको सामूहिक म्यादी जीवन बीमा गरिदिएको छ। नगरपालिकाका अनुसार गत चैत्र महिनामा वडा नम्बर १४ को मुसहर बस्तीबाट शुरू गरिएको सामूहिक जीवन बीमा योजनालाइ वडा नम्बर १० र १२ वडाका मुसहर समुदायको जीवन बीमा गरिदिएको हो । बीमा अवधिभित्र कुनै कारणले बीमितको निधन भएको अवस्थामा मृतकको परिवारजनले १ लाख रूपैयाँ क्षतिपूर्ती प्राप्त गर्नेछन् ।

 

 

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु