nmb bank

गृहपृष्ठ कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै

कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै

कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै

पछिल्लो समय कैलालीमा क्रिकेट, फुटबललगायत खेलकुदका प्रतियोगिताहरू आयोजना हुन थालेका छन् । विभिन्न समयमा यसरी जिल्लामा खेल प्रतियोगिता हुन थालेसँगै युवामा खेलप्रति आकर्षण बढ्दै गएको छ ।

ठूला धनराशिका खेलहरु आयोजना हुुने कैलालीमा यतिबेला घोडाघोडी नगरपालिकामा ‘जिल्ला लिग फुुटबल’ प्रतियोगिता भइरहेको छ । जिल्ला लिग फुटबल सङ्का अध्यक्ष अनिल मल्लले फुटबल खेल र खेलाडीको निरन्तर विकासका लागि प्रतियोगिता हुँदै आएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवाका लागि अवसर र उत्प्रेरणा पुग्ने विश्वास लिइएको बताए ।

धार्मिक र पर्यापर्यटनका दृष्टिले महत्वपूणृ रहेको घोडाघोडीको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसारमा यो प्रतियोगिताले थप सहयोग पुुग्ने घोडाघोडी नगरपालिकाका प्रमुुख खड्क रावतले बताए । पछिल्लो समय युुवाहरु लागुऔषध दुुव्र्यसनीमा फसिरहेकामा चिन्ता व्यक्त गर्दै उनले भने, “युुवाहरुलाई खेलकुदमा लाग्ने उत्पे्ररणा दिन सके दुुव्र्यसनी न्यूनीकरण भई स्वस्थ र भयरहित समाजको निर्माणमा टेवा पुग्छ ।”

एक पछि अर्को प्रतियोगिता आयोजना हुुने कैलालीमा गत फागुुनमा गौरीगङ्गा गोल्डकप सम्पन्न भएको थियो । सो प्रतियोगिताको मुख्य उद्देश्य योग्य र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने र युवालाई खेल क्षेत्रसँगै जोडिराख्ने रहेको थियो ।

गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले खेलकुदको विकासका लागि रङ्गशाला निर्माणमा जोड दिनुपर्ने बताए । “हामीले निरन्तर रुपमा फुटबल प्रतियोगिता गरिरहेका छौँ । युवाहरुको खेलकुदप्रति निकै आकर्षण हुनुका साथै खेलको वातावरण पनि बन्दै गएको छ”, उनले भने, “खेल अभ्यासका लागि यहाँ रङ्गशाला नहुँदा खेलकुदमा लाग्न चाहनेलाई समस्या भइरहेको छ । खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि सर्वप्रथम राम्रो खेलमैदान चाहिन्छ ।”

कैलालीको धनगढीमा गत मङ्सिरमा लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना भयो । यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो टेवा पुगिरहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताए । “हामीले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताले धेरै खेलाडी उत्पादन भएका छन”, उनले भने “भुइँबाट उठेका खेलाडी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।” उनका अनुसार सरकारले खेल क्षेत्रमा लगानी बढाउन सके कैलालीबाट उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छन् ।

“कैलालीका गाउँगाउँमा योग्य खेलाडी छन् । उनीहरुले अवसर पाउन सकेका छैनन”, हाल राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीको स्मरण गर्दै अध्यक्ष शाहीले भने, “सुदूरपश्चिममा सरकारले खेलकुदका क्षेत्रमा लगानी बढाउन सके भविष्यमा अझ योग्य खेलाडीहरु जन्मिन्छन् ।”

जिल्लामा क्रिकेटभन्दा धेरै फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । प्रत्येक वर्ष ठूला धनराशिका चार वटा र साना प्रतियोगिता १० भन्दाबढी आयोजना हुने गरेका छन् ।

खप्तड गोल्ड कप, फारवेस्ट पशुपति कप, गौरीगङ्गा गोल्डकप, पालिकास्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताले कैलालीमा फुटबलको ‘क्रेज’ बढाउन अझै मद्दत गर्दै आएको छ । छैटौँ फारवेष्ट पशुपति कप २०८० र बर्दगोरियामा सम्पन्न प्रथम मुख्यमन्त्री पालिकास्तरिय फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको फारवेष्ट पशुपति कपका आयोजक खेम रावतले बताउनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिइ लगानी बढाउन सके कैलालीबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन हुन सक्ने उनको भनाइ छ ।

हरेक स्थानीय तहले कम्तीमा एक खेलमैदान र एक खेल प्रशिक्षकको व्यवस्था गर्नसके खेलमा रुची भएका योग्य खेलाडि मुलुकले पाउने सचिव सिंहले बताए । अभ्यास गर्ने स्थान र सिकाउने प्रशिक्षकको व्यवस्था गर्न सके गाउँगाउँमा रहेका खेलाडीको पहिचान, निरन्तर अभ्यास र उत्कृष्ट खेलाडी छनोटमा सहयोग पुुग्ने उनको भनाइ छ ।

 

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु