nmb bank

गृहपृष्ठ नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेको छ।

यसदिन नेप्से १.२३ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा बन्द भएको छ।

सोमबारको बजारमा तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् आइतबार तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा २५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३२० वटा धितोपत्रको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ वटाकै घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छन् भने पाँच कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु