global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन

स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन

स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
नेपालमा स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिता जिम साइमन्सको निधन भएको छ ।
गणितविज्ञ एवं बाल स्ट्रिटका सफल लगानीकर्ता जिम साइमन्सको ८६ वर्षको उमेरमा निधन भएको ‘निक साइन्स फाउन्डेसन नेपाल’का अध्यक्ष विद्याधर मल्लिकले जानकारी गराए ।
“जिम साइमन्सको अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा गत शुक्रबार उनको निधन भएको हो, सन् २००२ मा उनको छोरा निक साइमन्स नेपाल भ्रमणमा आएका थिए, त्यतिबेला उनले नेपालप्रतिको लगावबारे आमाबुवालाई भनेका थिए, सन् २००३ मा इन्डोनेसियामा निकको मृत्यु भएको थियो, त्यसपछि जेम्सले छोराको नाममा निक साइमन्स फाउन्डेसन र निक साइमन्स इन्स्टिच्युटमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आउनुभएको थियो”, उनले भने ।
उनले गणितका क्षेत्रमा क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी र कन्डेन्स्ड मेटर फिजिमक्समा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययन प्रकाशित गरेको उनले जानकारी गराए । पूरा नाम जेम्स ह्यारिस साइमन्स रहेका उनले सन् १९७५ मा ज्यामितिमा अमेरिकाको राष्ट्रिय पुरस्कार पाएका थिए । पछि ४० वर्षको उमेरमा उनले लगानीका क्षेत्रमा काम सुरु गरेका थिए ।
गणितकै विज्ञता प्रयोग गरेर उनले यो कम्पनीलाई केही दशक वार्षिक ६६ प्रतिशतसम्म नाफा कमाउन सफल बताएका थिए । उनले सुरु गरेको गणितमा आधारित कम्प्युटर पद्धतिको प्रयोगपछि अन्य कम्पनीले थालेका थिए र लगानीकर्तालाई ठूलो मुनाफा दिन सफल भएका थिए ।
उनको परोपकारी संस्था साइमन्स फाउन्डेसनले नेपालमा निक साइमन्स इन्स्टिच्युटबाट स्वास्थ्यका क्षेत्रमा सहयोग एवं योगदान गर्दै आएको छ । फोर्ब्सका अनुसार हाल उनको कूल सम्पत्ति ३१ अर्ब अमेरिकी डलरभन्दा बढी छ ।

प्रकाशित समय : १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु