nmb bank

गृहपृष्ठ चार कृति लोकार्पण

चार कृति लोकार्पण

चार कृति लोकार्पण

नई प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गरिएको छ । शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानीरा फाउन्डेसनले यहाँ आज आयोजना गरेको एक समारोहबीच चार कृतिको लोकार्पण गरिएको हो ।

प्रा डा उषा ठाकुरबाट सम्पादित ‘सुनिता कार्कीको काव्यकारिता’, प्रा डा सावित्री कक्षपतिद्वारा लिखित ‘नरेन्द्रराज प्रसाईंको अर्जनदृष्टि: ललितत्रिपुरसुन्दरी’, डा अम्बिका अर्यालद्वारा लिखित ‘नारी अस्तित्व र इन्दिरा प्रसाईंका उपन्यास’ र अणुराज जोशीद्वारासामु उप्रेतीको उपन्यास ‘तिम्रो म’को नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुदित ‘आइएम् योर्स’ नामक कृतिहरु लोकार्पण गरिएको हो ।

वानिरा फाउन्डेसनका संस्थापक इञ्जिनियर शङ्कर गिरी, लेखक भूपालमानसिंह कार्की प्रज्ञा परिषद्का अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंले सो पुस्तकको लोकार्पण गरेका हुन् ।

वानिरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित सो समारोहमा सुनिता कार्की, प्रा डा सावित्री कक्षपति, डा अम्बिका अर्याल, अणुराज जोशी तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक भगवती बस्नेतले शताब्दी पुरुष डा सत्यमोहन जोशीको महिमा र नव कृतिहरुबारे धारणा राखेका छन् ।

 

प्रकाशित समय : ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु