nmb bank

गृहपृष्ठ नारायणीमा पौने २ अर्बको सिग्नेचर पुल बनाइँदै, शिलान्यास आज

नारायणीमा पौने २ अर्बको सिग्नेचर पुल बनाइँदै, शिलान्यास आज

नारायणीमा पौने २ अर्बको सिग्नेचर पुल बनाइँदै, शिलान्यास आज

नेपालमै पहिलो पटक बन्न लागेको एड्भान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) को शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको शिलान्यास सोमबार प्रधानमन्त्रीले गर्ने सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको हो।
महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) कृष्णराज अधिकारीका अनुसार सोमबार बिहान साढे ९ बजे शिलान्यास हुनेछ।

२०८० जेठ १९ गते नेपालमैपहिलो पटक पूर्व–पश्चिम राजमार्गको नरायाणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौता भएको थियो। पुल महाशाखाले तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाखमा ४२० मिटर लामो पुल निर्माण सम्झौता गरेको हो। सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माणावधि गरी ४ वर्ष (२०८४ जेठ) मा नारायणी नदीको सिग्नेचर ब्रिज तयार हुनेछ।

सम्झौताअनुसार तुँदी कन्स्ट्रक्सनले डिजानइ बनाएको छ। प्रधानमन्त्रीले शिलान्यास गर्नुहुन्छ।’ नेपालमै पहिलो पटक बन्न लागेको फरक डिजाइनको उक्त पुललाई ‘सिग्नेचर ब्रिज’ का रुपमा चिनिनेछ। तर, उक्त पुल वास्तविक सिग्नेचर ब्रिज नभई सिग्नेचरजस्तै हुने महाशाखाले जनाएको छ।

यसअघि निर्माण कम्पनी तुँदीले पुलको डिजाइन गर्दा नारायणीमा बोट चलाउँदा असर पुग्ने देखिएको थियो। महाशाखाले मुख्यतः नदीमा बोट चलाउँदा असर नहुने गरी डिजाइन गर्न कम्पनीलाई सुझाएको थियो। महाशाखाको सुझावअनुसार डिजाइन संशोधन गरी निर्माण कम्पनीले पुलको डिजाइन तयार गरेको सिडिई अधिकारीले बताए।

हाल सञ्चालनमा रहेको पुलसँगै जोडिएर माथिल्लो भागमा सिग्नेचर ब्रिज बन्नेछ। २ लेनको सिग्नेचर ब्रिज बन्नेछ। यद्यपि पूर्व–पश्चिम राजमार्ग ४ लेन र एसियन हाइवेका रुपमा विकास गरिँदै छ। शिलान्यस हुन लागेको सिग्नेचर ब्रिज २ लेनको भए पनि फेरि नजिकै अर्को पनि सिग्नेचर ब्रिज निर्माण गर्ने तयारीमा पुल महाशाखा छ।

हाल बनेका पुलभन्दा १.२ किलोमिटर टाढा अर्को सिग्नेचर निर्माण गर्न महाशाखा आफैंले डिजाइन तयार गरेको हो। विजयपुर नारायणी नदीमा अर्को सिग्नेचर बनाउन आन्तरिक रुपमा डिजाइन बनाउँदै गरेको महाशाखाको भनाइ छ। नेपालका प्राविधिकहरुले पनि नयाँ डिजाइन एवं प्रविधि सिकाउन पनि डिजाइन नेपालमै तयार गर्न लागिएको हो। यद्यपि कहिलेसम्म डिजाइन तयार भएर निर्माण चरणमा जान्छ भन्ने प्रस्ट छैन।

देशभरि १२ सिग्नेचर पुल निर्माणको योजना

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा नारायणी र तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण थाल्ने घोषणा गरेका थिए। तिनाउ नदीमा ४ लेनको सिग्नेचर ब्रिज निर्माण तयारी रहेको महाशाखाको भनाइ छ। बागमतीमा पनि सिग्नेचर निर्माणका लागि तयारी हुँदै छ।

त्यसबाहेक विभिन्न राजमार्गसहितका १२ स्थानमा सिक्नेचर ब्रिज बनाउने योजनामा सरकार छ। यीमध्ये अधिकांश पुल पूर्व–पश्चिम राजमार्गामा रहनेछन्।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायत उपस्थित हुनेछन्।

 

प्रकाशित समय : ०८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु