nmb bank

गृहपृष्ठ ४१ करोड भ्रष्टाचार गरेको अभियोगमा विकल पौडेलसहित ६ विरुद्ध मुद्दा

४१ करोड भ्रष्टाचार गरेको अभियोगमा विकल पौडेलसहित ६ विरुद्ध मुद्दा

४१ करोड भ्रष्टाचार गरेको अभियोगमा विकल पौडेलसहित ६ विरुद्ध मुद्दा

आइतबार विशेष अदालतमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ४१ करोड भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलसहित ६ जना विरुद्ध मुद्दा  दायर गरेको छ।

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अरु पाँच कर्मचारी, ठेकेदार कम्पनी म्याक्स इन्टरनेसनल र त्यसका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन पनि प्रतिवादी बनाएर अख्तियारले मुद्दा दर्ता गरेको हो।

आपसी मिलेमतोमा सार्वजनिक खरिद कानुनविपरीत भएको र बोलपत्रको मापदण्ड म्याक्सलाई नै ठेक्का पर्ने गरी तयार गरिएको अख्तियारको दाबी रहेको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल, केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ र वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो।

लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ। म्याक्स इन्टरनेसनल र कम्पनीका सिइओ हुसेनविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ।

 

 

प्रकाशित समय : ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु