nmb bank

गृहपृष्ठ सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

सौगातको फिल्म ‘भाइरल गोर्खे’ को छायांकन सुरु

फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो ।

फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिएका छन् । एक महिनाको छायांकन तालिका राखिएको फिल्म सामाजिक सञ्जालमा भाइरल हुन जेसुकै गर्ने पात्रको कथामा फिल्म बन्ने बताइएको छ ।

‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ ।

फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहने फिल्मको छायांकन गोरखा र चितवनमा पनि गरिनेछ ।

प्रकाशित समय : २१:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु