nmb bank

गृहपृष्ठ कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आज आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ एक रात्रिभोजको आयोजना गरेका छन् ।

सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवम् विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो । 

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु