nmb bank

गृहपृष्ठ आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

इन्डियन प्रिमियर लिग -आईपीएल अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ ।

जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आईपीएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो । यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए ।

यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको १२ अंक छ । अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय बेहोरे पनि कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु