nmb bank

गृहपृष्ठ नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

अत्याधुनिक उत्पादनहरु र नयाँ वारेण्टि सपोर्ट प्याकेजहरु मार्फत ग्राहकहरुलाई सहयोग गर्न प्रतिबद्ध

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

निर्माण उपकरण उत्पादनमा विश्व बजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक एमएडब्लू अर्थ मुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउने भएको छ ।

नेपालीबजारलाई सहयोग गर्ने उद्धेश्यले जेसीबी इन्डियाले ट्र्याक गरिएकाकेहि एक्साभेटरहरूको लागि ५ वर्ष वा १०,००० घण्टाको वारेन्टी योजनाल्याएको छ।एमएडब्लू अर्थमुभर्सले विगतदुई दशकवर्षदेखि नेपालमाजेसीबीकानिर्माण उपकरणहरु वितरण गर्दै आएको छ । एमएडब्लूको केन्द्रियकार्यालय काठमाडौंमा छ भने नेपालभरि ३२ वटाशाखाकार्यालयहरु छन् र तीनवटा अपरेटर प्रशिक्षण संस्थानहरू छन् जहाँयुवाहरूलाई जेसीबी मेसिनचलाउनतालिम दिइन्छ। एमएडब्लूले नेपालमाआफ्नो चौथो अपरेटर ट्रेनिङ सेन्टर चितवनमा छिट्टै उद्घाटन गर्दैछ ।
जेसीबी इन्डियाका प्रमुखकार्यकारी अधिकृत दिपक शेट्टीज्युले नेपाल भ्रमणको क्रममाभन्नुभयो “नेपालहाम्रो लागि दक्षिण एसियाली क्षेत्रको महत्वपूर्ण बजार हो । यस क्षेत्रमानेपालको नौलोपहिचान र स्थान छ, र हामीलेहाम्राग्राहकहरूकालागियहाँसधैं अत्याधुनिकप्रविधियुक्त र उन्नतउत्पादनहरू प्रस्तुतगर्दै आएका छौँ । हामीहाम्रो आधिकारिक डिलर एमएडब्लू अर्थमुभर्समार्फत हामीले निरन्तर राम्रो सम्बन्धकायम राख्न सफलभएका छौँ ।”

नेपालमा जेसीबीका १०,५०० भन्दा धेरै उपकरणहरु संचालनमा छन् । जसमध्ये व्याकहो लोडर्स, एक्साभेटर, विल्ड लोडर्स, र टेलिह्याण्डलर्स प्रसिद्ध छन् । यी सम्पूर्ण उपकरणहरुका पार्ट–पूर्जा र सर्भिसमा एमएडब्लू अर्थमुभर्सका राष्ट्रव्यापी आउटलेट सञ्जालमार्फत सर्भिस भ्यानहरु परिचालन गरी ग्राहकहरूलाई सेवा सहायताप्रदानगरिन्छ।”

जेसीबीका उपकरणहरुमा जेसीबीलाईभलिङ्कनामकअत्याधुनिकप्रविध जडित हुन्छ, जसले मेसिनहरूको सेवा, सञ्चालन र सुरक्षाको बारेमातत्कालैजानकारी प्रदान गर्छ ।

शेट्टीले नेपालीबजारको बारेमाबोल्दै थपे, “नेपालीबजारमानिर्माण प्रक्रियाकाविभिन्न चरणहरूमा रहेका पूर्वाधार परियोजनाले गर्दा आगामीवर्षहरूमा बृद्धिको बलियो अवसर रहेको देखिन्छ र जेसीबीयसप्रक्रियाको हिस्सा बन्नतत्पर छ।”

एमएडब्लूका प्रिन्सिपलडिलर विष्णु अग्रवालले भने,“विश्वस्तरीय जेसीबीका उपकरणहरुद्वारा ग्राहकहरुलाईसहायता गर्नेवाहेक हामीले नेपालीयुवाजनशक्तिहरुलाई देशमै रोजगारका अवसरहरु प्रदान गर्न पाउँदानिकै गर्व गर्छाैं । एमएडब्लूले हालकरिब ५०० जनालाई रोजगारी दिएको छ भनेचालकहरूकालागि तीनवटा विश्वस्तरीय प्रशिक्षण केन्द्रहरूमापनिलगानी गरेको छ। यी अपरेटर प्रशिक्षण केन्द्रहरूमाचालकहरूलाई जेसीबीकामेसिनहरू कसरी सुरक्षितरूपमा सञ्चालन गर्ने भनेर सिकाइन्छ। हालसम्महामीले झण्डै ५ हजार चालकहरूलाई तालिमप्रदानगरिसकेकाछौं।”

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु