nmb bank

गृहपृष्ठ मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टर जमिन नष्ट

मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टर जमिन नष्ट

मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टर जमिन नष्ट

यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको छ ।

आगलागीबाट ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान नष्ट भएकोे मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

एजेन्सीका अनुसार जनताको लापरवाही नै जङ्गली आगोको प्रमुख कारण थियो । वसन्त ऋतुको हावाहुरी र सुक्खा अवस्थाको बीचमा जनतालाई खुला आगो नलगाउन वा चुरोटको ठुटाहरू ननिभाई जमिनमा नफ्याँक्न नेमाले आग्रह गरेको छ ।

मङ्गोलियामा कठोर प्रकृतिको महाद्वीपीय जलवायु भएकाले यसको मौसम सामान्यतया वसन्त ऋतुको समयमा सुक्खा र हावाहुरी चल्ने खालको हुन्छ

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु