nmb bank

गृहपृष्ठ माछापुच्छे बैंकद्धारा सिद्धार्थनगर स्थित नवनिर्मित बैंक भवनको शुभारम्भ

माछापुच्छे बैंकद्धारा सिद्धार्थनगर स्थित नवनिर्मित बैंक भवनको शुभारम्भ

माछापुच्छे बैंकद्धारा सिद्धार्थनगर स्थित नवनिर्मित बैंक भवनको शुभारम्भ

माछापुच्छे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर श्री ईश्तियाक अहमद खाँ तथा माछापुच्छे बैंक लि. का अध्यक्ष श्री रोशन केसंीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन ।

उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर श्री ईश्तियाक अहमद खाँले माछापुच्छे बैंक लि. ले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुशि व्यक्त गर्दै बैंकलाई अझै उचाईमा लग्न बैंक संचालक एंव व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै बैंक संचालक समितिका अध्यक्ष श्री रोशन केसी ज्यूले माछापुच्छे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ्ग सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउंदा निक्कै नै हर्ष लागेको बताएका छन् । साथै बैंकले गुणस्तरिय सेवा प्रदान गर्नको लागि कुनैपनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुख लगायत बैंक संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एंव बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित समय : १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु