nmb bank

गृहपृष्ठ यस्ता छन् मेवा खानुका फाइदा

यस्ता छन् मेवा खानुका फाइदा

यस्ता छन् मेवा खानुका फाइदा

पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ। कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन। यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन्। यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन्।

मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन्। यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ। बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन।

बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन। यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ। तौल घटाउन पनि यसले मद्दत गर्छ।

मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ। अनि यसले कब्जियत पनि हटाउँछ। छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ।

मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ। दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन। अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ।

मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन्। यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन्। रक्तचाप पनि नियन्त्रणमा राख्छन्।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु