nmb bank

गृहपृष्ठ आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

आजदेखि गड्डाचौकी नाका तीनदिन बन्द रहने

कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले  सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, भारतमा लोकसभा निर्वाचन हुने भएकाले नाका गरिँदै छ ।”

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।”

प्रकाशित समय : २२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु