nmb bank

गृहपृष्ठ फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी

फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन् । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहणलागेका हुन ।

सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताए । उनले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताए । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उनको योजना छ ।

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लागेका उनले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दए । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु पर्यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भने ।

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउछन् । उनले भने “हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।”

भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहनुभएको दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताए । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गरेका थिए । सगरमाथासहित सातवटा महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु