nmb bank

गृहपृष्ठ लगानी सम्मेलनको मुखमा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बन्यो किन ??

लगानी सम्मेलनको मुखमा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बन्यो किन ??

लगानी सम्मेलनको मुखमा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बन्यो किन ??

लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा उद्योग विभागमार्फत भित्रिने लगानी प्रतिवद्धता झन् कमजोर बनेको छ । विभागका अनुसार यही चैतमा कुल लगानी प्रतिवद्धता एक अर्ब पनि पुग्न सकेन ।

अघिल्लो महिना फागुनमा साढे ६ अर्ब वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको थियो । चैतमा भने ९६ करोड ६५ लाख रुपैयाँमा सीमित छ । चैतमा प्राप्त लगानी प्रतिवद्धता फागुनको तुलनामा ५ अर्ब ५० करोड अर्थात् ८५.०८ प्रतिशत कम हो । अघिल्लो वर्षको चैतमा ७ अर्ब ५५ करोड रुपैयाँबराबरको लगानी प्रतिवद्धता प्राप्त भएको तथ्यांक छ । अघिल्लो महिना र अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत चैतमा वैदेशिक लगानी प्रतिवद्धतामा भारी गिरावट आएको छ । चैतमा दर्ता भएका परियोजना संख्या भने अघिल्लो महिनाको तुलनामा बढी छन् ।

चैतमा प्राप्त लगानी प्रतिवद्धता चालु आर्थिक वर्षमा माघपछिकै न्यून हो । माघमा भने लगानी प्रतिवद्धता ३४ करोड ५० लाख रुपैयाँमा खुम्चिएको थियो । लगानी प्रतिवद्धतामा तीव्र उतारचढाव देखिए पनि राष्ट्र बैंकमार्फत भित्रने खुद वैदेशिक लगानी भने फागुनमा ५ अर्ब ६३ करोडले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब १७ करोडले धनात्मक थियो । केन्द्रीय बैंकले चैतको वैदेशिक लगानीसम्बन्धी तथ्यांक सार्वजनिक गरिसकेको छैन ।

उद्योग विभागका सूचना अधिकारी अर्जुन सेन ओलीका अनुसार चैतमा एक मझौला र १५ साना उद्योगसहित १६ औद्योगिक परियोजना स्वीकृत भएका छन् ।

सरकारले यही वैशाख १६ र १७ गते नेपाल लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनलाई लक्षित गरी कानुन र नियमावलीमा संशोधन गर्ने भनिए पनि राजनीतिक कारणले अब अध्यादेशबाट मात्रै सम्भव हुने भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल कानुन संशोधनबिना लगानी सम्मेलनको औचित्य नभएको बताउँछन् । लगानीको वातावरण नबनाई सम्मेलन गर्ने हो भने विगतका भन्दा फरक नहुने उनको भनाइ छ ।

 

 

 

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु