nmb bank

गृहपृष्ठ एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो

एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो

एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो

कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो ।

बर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिंग गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ ।

समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

 

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु