nmb bank

गृहपृष्ठ सहकारी पिडित भन्छन् सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँग सम्बन्ध बिग्रियो

सहकारी पिडित भन्छन् सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँग सम्बन्ध बिग्रियो

सहकारी पिडित भन्छन् सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँग सम्बन्ध बिग्रियो

सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका हुन् । उनीहरुले आफ्ना नातेदार र परिवारका सदस्यहरुले विदेशमा गइ पठाएको पैसा सहकारीमा राखेको तर सहकारीबाट अहिले रकम निकाल्न नपाएपछि पारिवारिक कलह सुरु हुन थालेको बताए ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै एक सहकारी पीडितले विदेशबाट आफ्ना भाईले पठाएको रकम सहकारीमा जग्गा गरेको तर अहिले आफूले निकाल्न नपाएको बताए । उनले भाईले अहिले पैसा बारम्बार मागिरहेको र पैसा दिन नसक्दा भाइ नै रिसाएर बोल्न छोडेको बताए । उनले आफूले सहकारीमा दुःख गरेर जम्मा गरेको पैसा पाउँ भनेर सिंहदरबारसम्म धाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

उनीहरुले सरकारले गरिब जनताको दुःख नसुनेको आरोप लगाए ।

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु