nmb bank

गृहपृष्ठ आइतबार सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घट्यो

आइतबार सुनको मूल्य घट्यो

शुक्रबार बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको थियो । छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो। आइतबार मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो। आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित समय : ११:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु