nmb bank

गृहपृष्ठ नारायणी डेभलपमेन्ट बैंकको वैशाख १८ मा साधारण सभा

नारायणी डेभलपमेन्ट बैंकको वैशाख १८ मा साधारण सभा

नारायणी डेभलपमेन्ट बैंकको वैशाख १८ मा साधारण सभा

नारायणी डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभा वैशाख १८ गते, होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

यता, लाभांश सम्बन्धी कुनैपनि एजेण्डा नरहेकोले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको बैंकले जनाएको छ । साथै बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने पनि सभामै घोयाणा गरिनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु