global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका थिए भने एक गोल लुटन टाउनका डैकी हशिओकाले आत्मघाती गोल गरेका थिए । त्यस्तै लुटन टाउनका लागि एक गोल रोज बार्कलीले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको ३२ खेलमा ७३ अंक भएको छ ।

त्यस्तै एक खेल कम खेलेको आर्सनलको ३१ खेलमा ७१ अंक छ भने लिभरपुलको पनि ३१ खेलमा ७१ अंक नै छ । त्यसैगरी लुटन टाउनको ३३ खेलमा २५ अंक रहेको छ र रेलिगेसन जोनमा रहेको छ ।

प्रकाशित समय : ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु