nmb bank

गृहपृष्ठ नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको  सचिवालय बैठक आज बस्ने भएको छ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्नेछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु