nmb bank

गृहपृष्ठ राष्ट्रिय मिडिया महोत्सवको तयारी अन्तिम चरणमा

राष्ट्रिय मिडिया महोत्सवको तयारी अन्तिम चरणमा

राष्ट्रिय मिडिया महोत्सवको तयारी अन्तिम चरणमा

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको आयोजनामा यही वैशाख ३ र ४ गते घोराहीमा हुन लागेको राष्ट्रिय मिडिया महोत्सवको तयारी तीव्र पारिएको छ । दाङमा पहिलोपटक हुनलागेको मिडिया महोत्सवको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासङ्घ दाङ शाखाले जानकारी दिएको छ ।

मिडियासम्बन्धी सम्पूर्ण सरोकारवाला निकाय, राष्ट्रियस्तरका वरिष्ठ पत्रकार, मिडियाविज्ञ र जनप्रतिनिधिको उपस्थितिमा हुने महोत्सवका लागि प्रचारप्रसार, बहसका लागि आवश्यक वक्ताहरूसँगको समन्वयलगायतका काम अन्तिम चरणमा पुगेको महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

महोत्सव वैशाख ३ गते बिहान १०ः३० बजे सुरु हुनेछ । सो दिन पत्रकार महासङ्घको साधारणसभा एवं अधिवेशनसँगै सङ¬्घीयता, विकास र मिडिया विषयक बहस कार्यक्रम हुनेछ । जसमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र मिडियाविज्ञहरू वक्ताका रूपमा रहने छ ।

दोस्रो दिन वैशाख ४ गते मिडियाको सामथ्र्य र भविष्य, नैतिकताको कसीमा मिडिया, मिडियामा समावेशी सवाल, हिजोका मिडिया र आजका मिडिया, कानुन निर्माण र मिडिया साक्षरतालगायतका विषयमा छुट्टाछुट्टै बहस हुने महासङ्घ दाङका सचिव आरके शीतलले जानकारी दिए ।

बहसका लागि वक्ताको रुपमा सहभागी हुन नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ, सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय अध्यक्ष अर्जुन गिरीलगायत पत्रकार दाङ आउने छ ।

दाङमा पहिलोपटक हुन लागेको यस मिडिया महोत्सवलाई जिल्लावासीले अवसरका रूपमा लिन महासङ्घ दाङले सम्पूर्ण सरोकारावालालाई अनुरोध गरेको छ ।

प्रकाशित समय : २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु