nmb bank

गृहपृष्ठ होटल क्रिष्टल पशुपतिको नव वर्षका दिन शुभारम्भ

होटल क्रिष्टल पशुपतिको नव वर्षका दिन शुभारम्भ

होटल क्रिष्टल पशुपतिको नव वर्षका दिन शुभारम्भ

नेपालको कर्पोरेट क्षेत्रमा दुई दशकदेखि अनुभव संगालेको ूटे«ड टावर ग्रुपले काठमाडौं गौशालामा श्री पशुपतिनाथको गजुर देखिने गरी नयाँ होटल संचालनमा ल्याएको छ ।

पन्ध्र दिनअगाडिदेखि नै सफ्ट लञ्च भएर संचालनमा आएको भए पनि नयाँ वर्षका दिन होटलको
बिधिवत शुभारम्भ भएको छ । टे«ड टावर ग्रुपका कार्यकारी अध्यक्षद्घ्रारा भगवान श्री पशुपतिनाथको प्रतिमा पूजा गरी उद्घाटन गरियो। आराध्यदेव श्री पशुपतिनाथको मूल गेटमा अवस्थित यो होटलका अधिकांश कोठाहरुबाट श्री पशुपतिनाथको मन्दिर तथा गजुर दर्शन गर्न सकिनेछ । पहिलो चरणमा ४९ वटा चारतारे स्तरको सुविधा सम्पन्न कोठाहरु, करिब ५०० जना अट्न सक्नेूकृतिू तथा काब्या हल तथा दुईवटा प्राइभेट डाइनिङ्ग रुमका साथै ूस्काई डेकू रेष्टुरेन्टसमेत संचालनमा ल्याइएको छ । निकट भविष्यमा ९० वटा रुम, साना ठूला गरी थप ४ वटा कर्पोरेट इभेन्ट हल र बोर्ड रुम सहित सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । होटेल निर्माण २ वर्ष लगाएर सम्पन्न भएको छ ।

मुख्य गरी श्री पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटक अन्तरराष्ट्रिय एयरपोर्टको
नजिक रहोकोले एयरपोर्ट नजिकै बस्न रुचाउने पाहुनाका लागि यो होटललाई उत्कृष्ट होटलका रुपमा तयार पारिएको छ । साथै ५०० जनासम्मको पार्टीहरु संचालनका लागि सुविधा पनि तयार रहेको छ । होटलका अध्यक्ष श्री शिवहरि दंगालले यो होटल पूर्परुपमा संचालनमा आएपछि करिब १५० जनाले प्रत्यक्ष रोजगारी पाउने र सम्भव भएसम्म स्थानीयलाई नै अवसर दिने जानकारी पनि गराउनु भएको छ ।

कोरोनाको असर नसकिदै देश आर्थिक मन्दीकोचरम अवस्थाबाट गुज्रिरहेको समयमा समेत नयाँ
परियोजनाको विकास गरी होटल संचालन गरेर अफ्ठयारो समयमा पनि काम गर्दै नेपाली युवाहरुका
लागि नेपालमै रोजगारीको श्रृजना गरी विदेश पलायनलाई केही हदसम्म रोक्न चाहेको कुरा पनि
अध्यक्ष दंगालले सो अवसरमा जानकारी गराउनुभयो। टे«ड टावर ग्रुपले निकट भविष्यमा काठमाडौंको उत्तरी सीमा जहरसिंह पौवामा हिल स्टेशन सहित गन्तव्यको रुपमा ूक्रिष्टल इको भिलेजू, फार्म हाउस, तथा एक नम्बर प्रदेशको इटहरीमा क्यासिनो सहितको पाचँतारे होटल र जनकपुरमा समेत थप हस्पिटालिटी बिजिनेश अगाडि बढाउनका लागि संभाव्यता अध्ययन गर्ने कार्य भईरहेको कुरा जानकारी दिनु भयो ।

प्रकाशित समय : १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु