nmb bank

गृहपृष्ठ नयाँ वर्षको अवसरमा ले ल्यायो ‘टिभिएस मेरो ‘टिभिएस’ साथी’ लाइफटाइम वारेन्टी अफर

नयाँ वर्षको अवसरमा ले ल्यायो ‘टिभिएस मेरो ‘टिभिएस’ साथी’ लाइफटाइम वारेन्टी अफर

नयाँ वर्षको अवसरमा ले ल्यायो ‘टिभिएस मेरो ‘टिभिएस’ साथी’ लाइफटाइम वारेन्टी अफर

नेपाली ‘टु व्हीलर मार्केट’ मा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित ‘टिभिएस’ले नयाँ वर्षको अवसर पारि ‘टिभिएस मेरो ‘टिभिएस’ स्किम सार्वजनिक गरेको छ ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको  टिभिएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराउने भएको छ ।   गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ । स्मार्ट कनेक्ट, रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टिभिएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

‘टिभिएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता १००% क्यास ब्याक,sure–shot क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम ईएमआई  तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु