nmb bank

गृहपृष्ठ मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

इलाम बजारस्थित बार एशोसिएसनको भवनमा स्थापना भएको सो कार्यालयको निर्वाचन आयुक्त डा जानकी तुलाधरले आज उद्घाटन गरेकी हुन । कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा तुलाधरले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताईन ।

त्यस अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलाममा निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको बताए । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । यहाँको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० राजनीतिक दल दर्ता भएका छन् ।

 

प्रकाशित समय : १५:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु