global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरको छ ।

जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१ औं, म्यान्मार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं, भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शिर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ । त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने नेदरल्याण्डस एक स्थान तल झर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानामा रहेका छन् ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु