nmb bank

गृहपृष्ठ वाइडबडी खरिदमा भ्रष्टाचार, मुद्दा चलाउने अख्तियारको तयारी

वाइडबडी खरिदमा भ्रष्टाचार, मुद्दा चलाउने अख्तियारको तयारी

वाइडबडी खरिदमा भ्रष्टाचार, मुद्दा चलाउने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा संलग्नहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पाँच वर्षअघि दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरुमाथि मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

आयोगले आज वा भोलि नै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिहरुको नाम, विगो रकम र अरु विवरण भने गोप्य राखिएकाे छ ।

वाईडबडी विमान खरिदको प्रक्रिया अघि बढ्नासाथ अख्तियारमा उजुरी परेको थियो । त्यसपछि सार्वजनिक लेखा समितिले राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरी छानविन गरेको थियो । उक्त उपसमितिले जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी आर्थिक हिनामिना भएको प्रविेदन पेश गरेको थियो ।

लामो समय सुस्तता देखाएको अख्तियारले गत २१ मंसिर, २०८० मा सूचना निकालेर तीन विदेशी कम्पनीका प्रतिनिधिलाई दुई साताभित्र ‘बयानका लागि आउनू’ भनी सूचना निकालेको थियो ।

केही महिनादेखि अनुसन्धानलाई अघि बढाएको अख्तियारले अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने निर्णय गरेको हो । वाइडबडी निर्णय प्रक्रियामा जोडिएका तत्कालीन पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारीहरुलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप सहित प्रतिवादी बनाएको अख्तियार स्रोतले बतायो ।

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु