nmb bank

गृहपृष्ठ झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। इलामको माङसेवुङ गाउँपालिका-४ घर भई हाल दमक नगरपालिका-२ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

शनिवार दिउँसो २ बजेको समयमा दमक- २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए।

टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु