गृहपृष्ठ जुम्लामा बाली प्रवर्द्धन गर्न कृषि कचहरी
जुम्लामा बाली प्रवर्द्धन गर्न कृषि कचहरी

स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार कृषि कचहरी भएको छ । सदरमुकाम खलङ्गा बजारमा भएको बृहत् कृषि कचहरी गैरसरकारी संस्था कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)ले आयोजना गरेको हो ।
किर्डाकका कार्यकारी निर्देशक गोविन्द शाहीले भने “कृषिका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहमा के कस्ता नीति बनेका छन् यसको कसरी कार्यन्वयन भएको छ । आगामी दिनमा के कस्तो नीति बनाउनुपर्छ भन्ने विषयमा कचहरीमा बृहत् छलफल भएको छ ।” सबै तहका सरकारका लागि कृषिसम्बन्धी नीति निर्माणमा कचहरीबाट योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्णालीको कृषिका निम्ति पर्याप्त बटेज विनियोजना गर्दै दीर्घकालीन कृषि योजना सार्वजनिक गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।
प्रकाशित समय : ११:२४ बजे