nmb bank

गृहपृष्ठ कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्री खुला

कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्री खुला

कुमारी बैंकको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्री खुला

कुमारी बैंकले संस्थापक सेयर बिक्री खुला गरेको छ ।

बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता सेयर बिक्रीमा राखिएको जनाएको हो । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

 

 

प्रकाशित समय : १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु