nmb bank

गृहपृष्ठ अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

अण्डाको नयाँ बिक्री मूल्य निर्धारण

नेपाल लेयर कुखुरापालक संघले अण्डाको नयाँ बिक्री मूल्य तोकेको छ । संघको धनगढी, काठमाडौं र इटहरीमा बसेको व्यावसायिक भेलाले नयाँ समर्थन बिक्री मूल्य तय गरेको हो ।

बिहीबारदेखि लागू हुनेगरी नयाँ मूल्य तय गरिएको संघले जनाएको छ । जसअनुसार मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र थप ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ तोकिएको छ ।

 

 

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु