global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आज विभिन्न ७ संसदीय समितिको बैठक बस्दै

आज विभिन्न ७ संसदीय समितिको बैठक बस्दै

आज विभिन्न ७ संसदीय समितिको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज विभिन्न सात संसदीय समितिको बैठक बस्दैछ । बिहान ११ बजे अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिको बैठक दिउँसो २ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ । अर्थ समितिको आजको बैठकमा उजुरी छानबिन उपसमितिमा हालसम्म भएका काम कारवाहीको सम्बन्धमा छलफल हुने छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेका काम कारबाहीका बारेमा छलफल हुने कार्यसूची रहेको छ ।

सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रित छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, महिला तथा सामाजिक समितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्त्वपूर्ण विषयमा छलफल हुँदैछ । समितिले मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी दुई विषयमा छलफल गर्दैछ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४ औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयन लगायतका विषयमा छलफल हुँदैछ ।

 

 

प्रकाशित समय : १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु