nmb bank

गृहपृष्ठ लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज विश्वासको मत लिँदै छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै फागुन २३ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने भएका हुन् ।

त्यसका लागि प्रदेश सभाको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री चौधरी आज विश्वासको मत लिन लागेका हुन् । तर, प्रदेश सभाको अंकगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र एक स्वतन्त्र सांसद छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन् ।

प्रकाशित समय : ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु