nmb bank

गृहपृष्ठ विराट गोल्डकप : एपीएफलाई हराउँदै साङ्ग्रिला क्लब फाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै साङ्ग्रिला क्लब फाइनलमा

विराट गोल्डकप : एपीएफलाई हराउँदै साङ्ग्रिला क्लब फाइनलमा

विभागीय टोली एपीएफलाई ४-३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति सहिद रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा साङ्ग्रिला फुटबल क्लबले उक्त परिणाम निकालेको हो । टाइब्रेकरमा पनि दुवै टोलीले ३-३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

 

 

प्रकाशित समय : ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु