nmb bank

गृहपृष्ठ पोखरामा आगामी सातादेखि महोत्सव

पोखरामा आगामी सातादेखि महोत्सव

पोखरामा आगामी सातादेखि महोत्सव

‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ ।

होटल सङ्घ पोखराले आज यहाँ पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवं परम्परागत खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहरी एवं पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको छ ।

पोखराको ड्यामसाइड चोकदेखि खहरेचोकसम्म करिब साढे तीन किलोमिटरसम्म आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हँुदा कुनै पनि किसिमको शुल्क नलाग्ने आयोजकले स्पष्ट गरेको छ ।

प्रकाशित समय : १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु