global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अर्थमन्त्रीको निर्देशनपछि आइपिओ निष्कासन अनुमति दिइँदै

अर्थमन्त्रीको निर्देशनपछि आइपिओ निष्कासन अनुमति दिइँदै

अर्थमन्त्रीको निर्देशनपछि आइपिओ निष्कासन अनुमति दिइँदै

नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आइपिओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई अब क्रमशः स्वीकृति दिइने भएको छ ।

रमेशकुमार हमाल कार्यकाल सकिएर बाहिरिएसँगै अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आइपिओ निष्कासन स्वीकृतिको काम रोकिएको थियो ।

तर, अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति नरोक्न भनेसँगै बोर्डले तयारी गरेको छ ।

सम्भवतः यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अङ्कित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डले जनाएको छ ।

अनुसार प्रिमियममा आइपिओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् ।

हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आइपिओ अनुमति माग गर्दै स्वीकृति पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले प्रिमियममा आइपिओ जारी गर्न अनुमति मागेका छन् ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु