nmb bank

गृहपृष्ठ डेंगुको संक्रमण हुन नदिन के गर्ने ?

डेंगुको संक्रमण हुन नदिन के गर्ने ?

डेंगुको संक्रमण हुन नदिन के गर्ने ?

गर्मीयाम सुरु हुँदैछ । यो समयमा लामखुट्टेको वृद्धि हुने गर्छ । आफू बस्ने स्थानवरपर झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने यो समयमा लामखुट्टेले धेरै सताउने गर्छ । लामखुट्टेको टोकाइबाट संक्रमण भएमास्वास्थ्यमा जटलता आउने हुन्छ । एडिस प्रजातिको पोथी लामखुट्टेको टोकाइले डेंगु सर्छ । डेंगु आफैँमा प्राणघातक रोग होइन । तर, यसको संक्रमणका कारण शरीरका विभिन्न अंगमा क्षति पुगेर ज्यान जान पनि सक्छ ।

जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँमा लामखुट्टे फैलिने गर्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रुप लिन्छ । पहिला भयो अहिले डेंगु हुदैन भन्न सकिदैन । डेंगुका प्रकार रहेका छन् । एउटा भाइरसको संक्रमण भए पनि अर्को भाइरसको पुनः संक्रमण हुन सक्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ ।

लक्षण
डेंगु भएका अधिकांशमा उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीर अत्यधिक दुख्ने हुन्छ ।
जोर्नीहरू दुख्ने, पेट दुख्ने, जिउमा डाबर आउने, छाति दुख्ने, वाकवाकी लाग्ने लगायत लक्षण देखिन्छ ।
केही मानिसमा अचानक ब्लडप्रेसर बढ्ने वा घट्ने हुन्छ ।
केहीमा डायरिया हुने हुन्छ । कसै–कसैको शरीरका विभिन्न अंगमा रक्तश्राव पनि हुन सक्छ ।

बच्न के गर्ने ?

लाखुट्टेको टोकाइबाट बच्ने ।
घरवरिपरि पानी जम्न नदिने । सरसफाइमा ध्यान दिने ।
लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने ।
राति सुत्दा झुल लगाएर सुत्ने ।
झ्यालमा जाली लगाउने ।
जथाभावी औषधीको प्रयोग नगर्ने ।
पानी धेरै खाने, अरु वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुदाँ पानी बढी खाने ।
धेरै मसाला, चिल्लो भएका खानेकुरा नखाने ।
झोलिलो खानेकुरा प्रशस्त खाने ।
डेंगु भइहालेमा नआत्तिने ।
बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने÷नराख्ने ।
लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने ।
थप समस्या देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा जाने ।

संक्रमण हुन नदिन के गर्ने ?
घरवरिपरि पानी जम्न नदिने ।
टायर, बट्टा लगायतमा पानी जम्न नदिने ।
घरवरपर सफा राख्ने ।
झ्यालमा जाली लगाउने ।
सुत्दा झुलको प्रयोग गर्ने ।
लामखुट्टे सक्रिय हुने समयमा बाहिर नहिड्ने । हिड्नैपरे शरिर ढाकिने कपडा लगाएर मात्र निस्कने ।
लामखुट्टलाई असर गर्न मलम, लोसन लगाउने ।

प्रकाशित समय : १७:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु