nmb bank

गृहपृष्ठ नयाँ वर्षमा पोखराका होटलमा २० प्रतिशतसम्म छुट

नयाँ वर्षमा पोखराका होटलमा २० प्रतिशतसम्म छुट

नयाँ वर्षमा पोखराका होटलमा २० प्रतिशतसम्म छुट

नेपाली नयाँ वर्षमा १९औं फेवा नयाँ वर्ष महोत्सव २०८१ हुने भएको छ।

होटल संघ पोखराका अनुसार यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव हुन लागेको हो। महोत्सवलाई पोखरा महानगर र पर्यटन बोर्डले प्रवर्द्धन गरेका छन्।

फेवातालको किनारस्थित ड्यामसाइड चोकदेखि खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सव हुने संघले जनाएको छ।

पर्यटन संस्कृति र खाना भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

यही अवसरमा संघ मातहतका होटलहरूले दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरेको पनि उनले बताए।

उनका अनुसार महोत्सव तयारीका लागि २१ वटा विभिन्न समिति गठन गरी एरिया संयोजक समेत तोकिएको छ।

ुविविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिनेछन् उनले भने आन्तरिक र विदेशी गरी करिब तीन लाख पर्यटक महोत्सव हेर्न आउने हाम्रो अनुमान छ।

पोखरामा हाल एक हजार दुई सय वटा होटलहरू छन्। जसमा एक हजार पाँच सय जनाले रोजगारी पाएका छन्।

महोत्सवमा विशेषगरी गण्डकी प्रदेशमा रहेका रैथाने खाना, परम्परागत नेपाली खाना, सांस्कृतिक झाँकी कार्यक्रम, लोकदोहरी तथा पप कन्सर्ट, पर्यटक दौड र स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्यसहित हास्यब्यंगका कार्यक्रम प्रस्तुत हुनेछन्।

प्रकाशित समय : १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु