गृहपृष्ठ कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने
कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने भएका छन्।
बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गर्ने र राजीनामाको घोषणा गर्ने मुख्यमन्त्री शर्माको तयारी छ।
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्षसमेत रहेकी सांसद विमला केसीले मुख्यमन्त्री शर्माले आजै राजीनामा दिने बताइन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।
‘पार्टीको निर्देशन पनि राजीनामा दिनू भन्ने छ, त्यसैलाई कार्यान्वयन गर्न उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ उनले भनिन्।
प्रकाशित समय : १५:२८ बजे