nmb bank

गृहपृष्ठ महिला उद्यमी महासंघ र एनसेलबीच महिला उद्यमीहरुको  क्षमता अभिवृद्धि गर्न सहकार्य

महिला उद्यमी महासंघ र एनसेलबीच महिला उद्यमीहरुको  क्षमता अभिवृद्धि गर्न सहकार्य

महिला उद्यमी महासंघ र एनसेलबीच महिला उद्यमीहरुको  क्षमता अभिवृद्धि गर्न सहकार्य

देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न, एनसेल र महिला उद्यमी महासंघ नेपालले सहकार्यको थालनी गरेका छन् । यो सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने छ ।

२०८० को सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको अवसरमा महिला उद्यमी महासंघ र एनसेल ले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकीे कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ललितपुरको हेरिटेज गार्डेनमा समझदारीपत्र आदानप्रदान गरेका थिए ।

एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजार भन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ । यस सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेश भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ ।

प्रकाशित समय : १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु