global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ योगिनियाँमा पशु अस्पतालको भवन निर्माण सुरु

योगिनियाँमा पशु अस्पतालको भवन निर्माण सुरु

योगिनियाँमा पशु अस्पतालको भवन निर्माण सुरु

हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा ३५ कोठाको चार तले पशु अस्पताल भवनको निर्माण सुरु गरिएको छ । करिब नौ करोड ९३ लाख लागतमा निर्माण हुने भवनको कञ्चन कन्सट्रक्सन सातदोबाटो, ललितपुरले ठेक्का लिएको छ ।

उक्त कन्सट्रक्सनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको हनमानगर कङ्कालिनी नगरपालिकाले जनाएको छ । चार तले ३५ कोठे भवनमा पशुसम्बन्धी हरेक रोगको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए ।

उनका अनुसार समपूरक योजना अन्तर्गत ५० प्रतिशत सङ्घीय सरकार र ५० प्रतिशत बजेट नगरपालिकाले बेहोर्नेछ । अस्पताल भवनको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा जयकान्त राउतले शिलान्यास गरेका थिए ।

कोशी नदीको समिपता, पर्याप्त चरणको उपलब्धता, पक्षीजन्य जीवनको आधार, मधेस प्रदेशको प्रवेश एवं निकास तथा भारत–नेपालको सीमा भन्सारका कारण यस नगरमा पशुपक्षीको व्यावसायिक पालन र स्वरोजगारको माध्यमबाट आर्थिक, सामाजिक एवं सुखद जनजीवनको पर्याप्त सम्भावना देखिएको छ । भवन निर्माण र सेवा प्रवाहपछि गाईगोरु र भैँसी बिरामी परेका बेला सदरमुकाम राजविराज धाउनुपर्ने अवस्था अन्त्य हुने स्थानीय अकाश यादवको भनाइ छ ।

 

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु